घडीले बचायो एक अमेरिकी वृद्धको ज्यान

  • प्रकाशित मितिः असार १८, २०७८
  • उज्यालो प्रदेश
alt

सूचना र प्रविधिको युग सुरु भएसंगै आजभोली मानिसको दिनचर्या र शैली समेत फेरिन थालिएको छ । सूचना प्रविधिसंगको विकासले संसार साँघुरिएको बेला एउटा घडिले मानिसको ज्यान वचाएको खबर सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर वास्तविकता एप्पलको स्मार्टघडीले एक अमेरिकी नागरिकको ज्यान बचाएको खबर संचारमाध्यमा आएको छ ।

अमेरिकाको दक्षिण क्यारोलिनास्थित घर भएका ७८ वर्षिय माइक यगरको ज्यान ‘एप्पल वाच’ले बचाएको एप्पल इन्साइडरले बताएको छ।

माइकको गाडी चलाउँदा दुर्घटना भएको थियो। दुर्घटनामा उनको नाक भाँचिएको थियो र उनी बेहोशी अवस्थामा थिए। त्यो बेला उनले आफ्नो हातमा लगाएका ‘एप्पल वाच’बाट नोटिफिकेसन आइरहेको थियो, तर माइकले त्यसमा कुनै प्रतिक्रिया नदिएपछि घडीले सिधैँ प्रहरीलाई मेसेज पठाएको हो।

हाल एप्पलले आफ्नो ‘एप्पल वाच’को नयाँ सिरिजमा ‘फल डिटेक्सन’ फिचर ल्याएको छ। एप्पल घडी लगाएको बेला यदि प्रयोगकर्ता लडे वा केही ठूलो दुर्घटना भए सो फिचरले घडीमा नोटिफिकेसन पठाउँछ। उता प्रयोगकर्ताबाट कुनै प्रतिक्रिया नआए घडीले सम्बन्धित संस्थामा आपतकालिन फोन वा मेसेज पठाउँछ।

यही फिचरले गर्दा माइक यगरको दुर्घटनाबाट समयमा नै उद्धार भएको थियो। उनको हातमा भएको एप्पल घडीले प्रहरीलाई मेसेज पठाएकै कारण अमेरिकाको ‘समरफिल्ड फाएर डिपार्टमेन्ट’ घटनास्थलमा माइकलाई बचाउन गएका थिए।एप्पल इन्साइडरका अनुसार उद्धार भएपछि पनि आफ्नो ज्यान एप्पल घडीले बचाएको कुराबारे माइक अज्ञात थिए।

‘होशमा आउने बित्तिकै मैले प्रहरी अफिसरलाई मलाई कसरी भेट्टायौँ भनेर प्रश्न गरेको थिएँ,’ माइकले भने, ‘उताबाट ‘तिम्रो घडीले हामीलाई मेसेज पठाएको थियो’ भन्ने जवाफ आएपछि म छक्क परेँ। एप्पल घडी महँगो त हुन्छ तर यो उपकरण ६५ वर्षभन्दा माथिका व्यक्तिले लगाउन निकै जरुरी रहेछ।’

‘फल डिटेक्सन’ ‘फिचर एप्पल वाच सिरिज ४’ देखि नयाँ सिरिजका घडीहरुमा उपलब्ध छ।एप्पलले यसअघि पनि आफ्ना फिचरहरुले गर्दा प्रयोगकर्ताको ज्यान बचाएको छ। यसमा भएका कतिपय फिचरबारे प्रयोगकर्ता स्वयम् अनजान भइरहेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved