सीमा नाकामा अवैध रुपमा भित्रिएको ७० बोरा चिनी सशस्त्र प्रहरीबाट बरामद

  • प्रकाशित मितिः असार १७, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ । भारतदेखि अवैध रूपमा तस्करी भएर नेपाल भित्रिएको एक ट्रक चिनी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपी ले नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरीले पक्राउ गरेको छ। इन्सपेक्टर दिलबहादुर पन्तको टोलीले तस्करी भएर आएको ७० बोरा चिनीसहित चिनी ओसार्न प्रयोग गरिएको ट्रकका चालकलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ । बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनीसहित को १ ख २१२९ नम्बरको मिनी ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिए ।तस्करी भएर चिनी ल्याउँदै गरेको मिनी ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेशकुमार खत्वीलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । चालक खत्वीले विराटनगरको भट्टीमोडसम्म पुर्याउने जिम्मा लिएको खुलेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको हो । भारतदेखि तस्करी भएर आएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो । अमरडुवादेखि ट्रकमा चिनी लोड गरेर तस्करीको चिनी विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।तस्करी भएर आएको चिनी सुनसरीको कप्तानगन्जमा होलसेल पसलको कारोबार गर्ने अरविन यादवको रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले तस्करी भएर आएको चिनी विराटनगरसहितको पूर्वको विभिन्न सहरमा पठाउने गरेको छन् । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved