नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

  • प्रकाशित मितिः असार ११, २०७८
  • उज्यालो प्रदेश
alt

बर्दिया । बर्दियाको भादा नदीमा हामफालेकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
ती महिलाले बर्दियाको गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेकी थिइन् ।

बिहीबार अपरान्ह् महिलाले नदीमा हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट टोली खटिएको थियो । टोलीले बग्दै गरेको अवस्थामा महिलालाई उद्धार गरी बर्दिया अस्पताल पुर्‍याएको थियो ।

सोधपुछपछि उनी भारतको बहराइच थाना, मोतीपुर ग्राम बलैगाउँ बस्ने ४० वर्षीया जलदैया थारु भएको खुल्यो । त्यसपछि मोतीपुर ग्राम पञ्चायतको गाउँप्रधानसँग समन्वय गरी उनलाई उनको श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved