सर्लाहीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  • प्रकाशित मितिः असार ९, २०७८
  • उज्यालो प्रदेश
alt

सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा महतो बाहिर निस्किएका थिए ।

त्यहीं क्रममा हात्तीले उनलाई घरदेखि १५ मिटर पश्चिम रुखको ठुटामा लगेर आक्रमण गरेको परिवारजनले जनाएको छ ।हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका उनको लालबन्दीस्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved