इटहरीका मुसहर परिवारलाई नगरपालिकाले बनाईदियो भवन निर्माण

  • प्रकाशित मितिः असार ८, २०७८
  • उज्यालो प्रदेश
alt

धरान . सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–१६ मा सामुहिक मुसहर बस्ती तयार पारिएको छ।

घरवारविहिन मुसहर परिवारलाई व्यवस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले १५ घरपरिवारका लागि घर निर्माण सम्पन्न गरेको छ।

इटहरीका विभिन्न स्थानमा बाटो अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिविको पार्जनमा सहयोग र उनीहरुको जीवन यापनलाई थप व्यवस्थित बनाउन] उदेश्यले इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ मुसहर घरपरिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन्। कोरोना माहामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षीत स्थानमा व्यवस्थित गर्ने उदेश्यले सामूहिक मुसहर बस्ती निर्माण गरिएको उनको भनाइ छ।

सामूहिक मुसहर बस्तीमा अहिले १५ परिवारका लागि घर निर्माण भइसकेको छ। बस्तीको सुन्दरताका लागि एक सामुदायीक भवन, एक दिनभद्री -मुसहर समुदायको मन्दिर_, चिल्ड्रेन पार्क, र बोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपमेयर गौतमले बताइन्।

मुसहर बस्तीमा स्थान्तरण गरिने पहिलो चरणको ९ घर परिवारको नाम फाईनल गरिएको र अन्य ६ परिवारको नाम छनौट भइरहेको पनि उपमेयर गौतमले जानकारी दिइन्। तर, मुसहर बस्ती निर्माण गरी सामूहिक रुपमा स्थान्तरण गर्न लाग्दा केहि परिवारले भने नयाँ बस्तीमा जान अस्वीकार गरेकाले उनीहरुलाई बस्तीमा पुर्याउन ढिलाई भएको छ। नयाँ बस्तीमा जान अस्विकार गर्ने मुसहर परिवारलाई सम्झाई बुझाई गर्ने काम भैरहेको उपमेयर गौतमले बताइन्।

अव्यवस्थित रुपमा बसोवास गर्दै आएका मुसहर समुदाय नयाँ बस्तीमा गए पश्चात उनीहरुका सबै समस्या हल हुने अपेक्षा नगरपालिकाको छ। उपमेयर गौतमका अनुसार उपमहानगरपालिका भरीका गरिब तथा अव्यवस्थित रुपमा वसोवास गर्दै आएका सबै मुसहर समुदायलाई क्रमिक रुपमा व्यवस्थित गरिदै लैजाने उपमहानगरको तयारी छ।

पहिलो चरणको सामुदायिक मुसहर बस्ती निर्माणमा हाल सम्म एक करोडभन्दा बढी रकम खर्च भैसकेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जिवन जिवन घिमिरेले बताए। मुसहर बस्तीमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक भवनमा दुईटा कोठा, एक किचन र ट्वाईलेट, बाथरुप र खानेपानीको टुवेल निर्माण गरिएको छ। मुसहर बस्तीमा गत साल ९ वटा र यसपाली ६ वटा गरी १५ घर निर्माण गरिएको इन्जिनियर घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved