रिहानाको बोल्ड लुक्स

  • प्रकाशित मितिः जेठ २६, २०७८
  • उज्यालो प्रदेश
alt

एजेन्सी

न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पात्र हुन्। उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन्। पछिल्लो समय भने रिहाना फोटो सुटका कारण चर्चामा आएकी छन्।

‘भोग इटालिया’ म्यागजिनका लागि रिहानाले गरेको फोटो सुटले निकै चर्चा कमाइरहेको छ। उनले यसअघि पनि थुप्रै म्यागजिनका लागि कभर फोटो खिचाइसकेकी छन्। तर, यस पटक चर्चामा आउनुको मुख्य कारण कभर फोटोका लागि सबै काम रिहाना आफैंले गरेकी थिइन्। भोग इटालियाको जुन अंकको कभरको थिम ‘डु इट योयरसेल्फ’ छ।

त्यही थिमका कारण पनि रिहाना आफैंले कभर फोटोको काम गरेको पत्रिकाका डाइरेक्टर इमानुयल फर्नेटीले बताए। उनले पहिलो पटक एक स्टार कलाकारले फोटो सुटको सबै व्यवस्थापन आफैंले गरेको बताए। उनले कभर फोटोको ‘पोज’देखि आवश्यक ड्रेसको व्यवस्था पनि रिहाना आफैंले गरेको बताए। ‘उनी हाम्रो म्यागजिनको कभरमा धेरै पटक छाइसकेकी छिन्। तर, यो रूपमा पहिलो पटक प्रस्तुत भएकी हुन्’ उनले भने, ‘रिहानाले पहिलो पटक सबै काम आफैंले गरिन्।

फोटो सुटमा उनी अलगअलग रूपमा देखा परेकी छन्। उनले आफ्नो बोल्ड लुक्सका लागि रातो र कालो कपडा रोजेकी छन्। हरियो कपाल बनाएकी रिहानाले ज्याकेट, स्विटर र स्कार्फ लगाएर पनि फोटो सुट गरेकी छन्। सामाजिक सञ्जालमा पनि सक्रिय हुने रिहानाले ती फोटो स्टाग्राममा पनि सेयर गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

सरकारी गाडीभित्र चालक बेहोस, अस्पताल पुर्‍याउनासाथ मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका– ३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved