नेपालमा ५ लाख बढी संक्रमणमुक्त, मृत्यु हुनेको संख्या पनि ८ हजार नाघ्यो

  • प्रकाशित मितिः जेठ २५, २०७८
  • उज्यालो प्रदेश
alt

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४।७ प्रतिशत पुगेको छ ।

कोभिड–१९ को संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १।६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved