‘प्रदेश–१ को नामकरण प्रधानमन्त्रीले रोक्नुभयो

  • प्रकाशित मितिः जेठ २५, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । नेकपा ९माओवादी केन्द्र० प्रदेश नम्बर–१ संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश–१ को नामकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् ।

प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले प्रधानमन्त्री ओलीले नै प्रदेशको नामकरण रोकेको बताउँदै भने, “मुख्यमन्त्री शेरधन राईले सदनमा छलेर कुरा राख्नुभएको छ । प्रदेशको नामांकन गर्ने विषयमा प्रदेशसभाको विषय हो भन्नुभएको छ । अनि, दुईतिहाइको नेतृत्व गर्नेले नामकरणको विषय किन पन्छाएको ?

प्रधानमन्त्री ओलीले राख्न खोजेको नामको विषयमा आफूहरुले उति बेलै असहमति जनाएकोले मुख्यमन्त्रीले फेरि नामकरणको विषय छलफलमा ल्याउन नचाहेको आङ्बोको भनाइ छ ।“त्यही भएर नामांकन नभएको हो । उहाँले नाम नराख्न जबर्जस्ती गर्न खोज्ने र सर्त राख्नुहुन्छ,” आङ्बोले भने, “त्यो हिसाबले प्रदेश–१ को नामांकन हुनै सक्दैन ।”

आङ्बोले प्रधानमन्त्रीले यसअघि पनि नामको विषय प्रस्ताव गरेको सदनसमक्ष बताए । आङ्बोले यस विषयमा मुख्यमन्त्री राईले सोमबार प्रदेशसभाको बैठकमा ‘सफेद झुट’ बोलेको आरोप पनि लगाए ।

प्रदेश–१ को नामको विषयमा दलहरुबीच छलफल गराउने मुख्यमन्त्री राईले बताउँदै आए पनि गराउन भने सकेका छैनन् । प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने मत बलियो भएका कारण पनि प्रदेश सरकार दबाबमा छ । यसअघि, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरुबीच नै नामको विषयमा मतैक्य थिएन ।

प्रधानमन्त्री ओलीले प्रदेश–१ को नाम कोसी हुनुपर्ने आफ्नो गृहनगरमा आयोजित एक कार्यक्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved