घरमुलीलाई गोली हानेर लुटपाट

  • प्रकाशित मितिः जेठ २५, २०७८
  • उज्यालो प्रदेश
alt

महोत्तरी। महोत्तरीमा घरमुलीलाई गोली हानेर लुटपाट भएको छ । लोहारपट्टी नगरपालिकामा–६ बस्ने राजकरण साहको घरमा चार–पाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको हो ।

गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताए ।गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ ।

यता लुटेराले उनको घरबाट सुनको नाकको फूली–२ आना, कानको बाली–४ आना, तिलहरी–६ आना, मङ्गलसूत्र–६ आना, सामसुङ्ग मोबाईल थान–२ र नगद रु २५ हजारसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ ।

यसैबीच प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए । रासस

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved