जोर्डनसँग नेपाल ३-० ले पराजित

  • प्रकाशित मितिः जेठ २५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३(० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे ।

यसअघि चाइनिज ताइपेईलाई २(० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध भने गोल गर्न सकेन ।

जोर्डनका लागि फैजलले खेलको २४औं र ४९औं मिनेटमा गोल गरे । उनले पहिलो गोल पेनाल्टीमा गरेका थिए । रोहित चन्दले विपक्षी खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फैजलले गोल गरे । नेपालका कप्तान समेत रहेका गोलकिपर किरणले पेनाल्टी सहि जज गरेपनि गोल बचाउन सकेनन् । पहिलो हाफमा नेपालका कप्तान किरणले केही राम्रा बचाउ गर्दा जोर्डनले गोल अन्तर बढाउन सकेन ।

यस्तै फैजलले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए । त्यसपछि ६७औं मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरे ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेई विरुद्धको खेलमा ३ परिवर्तन गर्दै आज ५ डिफेन्डर खेलाएका थिए । तर विकास खवास आघा घण्टापनि मैदानमा टिक्न सकेनन् र उनलाई मैदान बाहिर ल्याउनुपरेको थियो । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए ।
यस्तै विकास संगै अभिषेक रिजाल र दिनेश राजवंशीले आज पहिलो रोजाईँमा खेलेका थिए । दोस्रो हाफमा नवयुग श्रेष्ठ, मनिस डाँगी, विशाल राई र एरिक विष्ट मैदान प्रवेश गरेका थिए ।

समूह बी मा नेपालले सातौं खेल खेल्दा यो पाँचौ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३(० ले पराजित भएको थियो । यस्तै कुवेत विरुद्ध दुवै खेलमा पराजित भएको नेपाल अष्ट्रेलिया विरुद्ध पनि पराजित भएको थियो । चाइनिज ताइपेई विरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो ।

७ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको नेपालल अब अष्ट्रेलियासंग खेल्न बाँकी छ ।जोर्डनसंग हारपछि नेपालको एसिया कपको लागि सिधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ । यस्तै कतार विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना अब सकिएको छ ।

नेपालले अब २०२३ मा चीनमा हुने एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने लगभग पक्का भएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved