पछि हट्यो बीमा समितिः अभिकर्ताहरुले लिएको कर्जा असारभित्र बुझाउन नपर्ने

  • प्रकाशित मितिः जेठ २४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुलीको लागि दवाव नदिन निर्देशन दिएको छ । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै तत्काल अभिकर्तालाई दिइएको कर्जा असुलीका लागि दवाव नदिन निर्देशन दिइएको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘असार मसान्तसम्म कर्जा असुल गर्नै पर्ने बाध्यता अव रहेन । असार पछि कहिलेसम्म कर्जा असुल उपर गरिसक्ने हो हामीलाई तालिका सहित पठाउनुहोस ।’

कर्जा असुल फर्छ्यौट गर्ने सम्बन्धमा कम्पनीहरु सँगको औपचारिक र अनौपचारिक छलफल हुँदा अषाढ मसान्तभित्र सबै कर्जाहरु फर्छ्यौट गर्न अप्ठेरो हुने व्यहोरा अनुरोध भए पछि यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ । कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समय अवधिमा फर्छ्यौठ हुने हो, सो अवधि भित्र फर्छ्यौट गर्ने व्यवस्था मिलाउने जानकारी बीमा समितिलाई अवगत गराउनु पर्ने भएको हो ।

समितिले कम्पनीहरुलाई कर्जा असुलिका लागि समय सिमा नतोकिदिए पनि अवको कति समय भित्रमा कर्जा असुल उपर गर्ने हो, त्यसको जानकारी बीमा समितिलाई गराउनु पर्ने भएको हो ।

बीमा समितिले गत बैशाख २ गते अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई विनाधितो व्यवसाय ल्याउने आशामा करोडौ रुपैयाँ कर्जा प्रवाह भएको पाए पछि समितले कडाइ गरेको हो ।अहिलेको असहज परिस्थितिमा कर्जा असुल उपर गर्न खोज्नु अमानविय व्यवहार भएको भन्दै अभिकर्ताहरुले विरोध गरेपछि समिति आफ्नै निर्देशनबाट पछाडि हटेको हो ।इन्स्योरेन्स खबरबाट

194111347_318533239642490_979850492150112702_n-1

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved