राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ

  • प्रकाशित मितिः जेठ २४, २०७८
  • उज्यालो प्रदेश
alt

सुर्खेत ।जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन्।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरुमाथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ। भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुर्व्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved