प्रदेश १ मा बजेटको आकार ३३ अर्ब

  • प्रकाशित मितिः जेठ २४, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षका लागि घाटा बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । प्रदेशमा असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने बाध्यात्मक व्यवस्था छ । बजेट प्रस्तुत हुने प्रदेसभाको बजेट अधिवेशन सोमबारबाट सुरू हुँदैछ ।

बजेट तयारीमा जुटेका प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका क्षेत्रलाई समेटेर बजेट ल्याइने बताए ।बजेटको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहन्छ, त्यसपछि शिक्षा र पूर्वाधार छन्,उनले भने, ‘बजेटको आकार ३२–३३ अर्बको हुनेछ ।

चालू आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत भएको थियो । उनका अनुसार चालु आर्थिक वर्षको बजेट नै घाटामा छ ।कोरोना महामारीका कारण राजस्वमा आएको सङ्कुचनका कारण बजेटको आकार घट्ने उनले बताए ।

उनले बजेटमा नयाँ महत्वकाङ्क्षी योजना नल्याइने बताए । चालु आर्थिक वर्षको बजेट नै घाटामा रहेकाले धरातलमा टेकेर कार्यान्यन हुनेखालको बजेट ल्याइने बताए ।चालु वर्ष ४० अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved