व्यक्तिले हडपेका सार्वजनिक जग्गा फिर्ता ल्याउन सुरुः मन्त्री तुम्बाहाङ्फे

  • प्रकाशित मितिः जेठ २४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गा सरकारको नाममा फिर्ता गर्ने कामको सुरुवात गरेकोे बताएकी छन् ।

सोमबार पत्रकारसँग कुरा गर्दै तुम्बाहाङ्फेले व्यक्तिले खराब मनसायका साथ आफ्नो नाममा लगेका सार्वजनिक जग्गा फिर्ता गर्ने काम आफ्नो कार्यकालमा प्रारम्भ गर्न सकेको बताएकी हुन् ।

सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौं । राजधानीको मुटुमा रहेको जग्गा सरकारको नाममा थियो । दुषित मनसायका साथ विभिन्न व्यक्तिले त्यो जग्गा हडपेका थिए । जग्गा बिक्री समेत गरिएको थियो,’ उनले भनिन्, ‘व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही केही जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौं । र, अझै पनि छानबिन हुँदैछ ।’

निवर्तमान मन्त्री तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचका लागि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नापजाँच गरिसकेको समेत जानकारी दिइन् । मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उनले बताइन् ।

‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्सन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीं छाडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु,’ तुम्बाहाङ्फेले भनिन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved