मोटरसाइकल चोरीमा संलग्न ७ जना मोटरसाइकल सहित पक्राउ

  • प्रकाशित मितिः जेठ २२, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ। मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलियाबाट मोटरसाइकल सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका २० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने मनोज परियार छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलियास्थित मिना कुमारी बि।क।को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र.१.०५.००१ प ००६१ नं.को रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।

सुनसरी ईटहरी महानगरपालिका(१३ बस्ने २८ वर्षीय राजेश मेहताको घरबाट आज बिहान ८ बजे उक्त मोटरसाईकल समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

मोटरसाइकल बरामद गरेपछि थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य ६ जनालाई शुक्रबार उनीहरुकै घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved