मध्यरात ३ जना उपप्रधानमन्त्री सहित १४ मन्त्रीले लिए सपथ

  • प्रकाशित मितिः जेठ २१, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राती मन्त्रीपरिषद विस्तार गरेका छन् । पूनर्गठित मन्त्रीपरिषदमा ३ जना उपप्रधानमन्त्री सहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका छन् । जसपाबाट ८ जनाले मन्त्री र २ जना राज्यमन्त्री नियुक्त भएका छन् ।

हालका अर्थमन्त्री विष्णु पौडेल तथा उपप्रधान, रघुवीर महासेठ उपप्रधान तथा परराष्ट्र र राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री भएका छन् । पूनर्गठितमन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ गराएकी छिन् ।

कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री,लीलानाथ श्रेष्ठ कानून मन्त्री, शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका छन् ।

यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री बनेका छन् । रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने अझै पनि प्रधानमन्त्रीले नै राखेका छन् ।

जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएपछि प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् भएको छ । हालको मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्री बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved