कोरोनाबाट संक्रमित बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन

  • प्रकाशित मितिः जेठ २१, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने उपाध्यायले बताए ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था काबुभित्र नै रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved