जुन २४ देखि माइक्रोसफ्ट विन्डोज नयाँ भर्सनमा

  • प्रकाशित मितिः जेठ २१, २०७८
  • उज्यालो प्रदेश
alt माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेल्ला ।

माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका सीईओ सत्य नादेल्लाले विन्डोजको आगामी नयाँ संस्करणलाई पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा यो दशककै सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेका छन् ।

नयाँ संस्करणमा विन्डोजको डिजाइनमा परिवर्तन हुनेछ । त्यस्तै विन्डोज एपमार्फत् सर्जक तथा एप डेभलपर्सलाई सिर्जनाको मौका प्रदान गरिने तथा प्रयोगकर्ता तथा समुदायको बीचमा सम्बन्ध स्थापित गर्न सहज हुने माइक्रोसफ्टले जनाएको छ ।

विन्डोजको नयाँ संस्करण सुरुमा विन्डोज इनसाइडरका लागि परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ र आम प्रयोगकर्ताका लागि वर्षको अन्त्यसम्ममा उपलब्ध हुने बताइएको छ ।

माइत्रोसफ्टले नयाँ विन्डोज सार्वजनिक गर्ने जुन २४ को कार्यक्रमका लागि बुधबार निम्तो पठाएको जनाएको छ ।स्मरण रहोस् गत महिनाको डेभलपर्स इभेन्टका क्रममा सीईओ नादेल्लाले नयाँ संस्करणको विन्डोजका विषयमा खुलासा गरेका थिए ।

विश्वमा पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा आधिपत्य जमाएको विन्डोजले माइक्रोसफ्टको कूल आम्दानीको १४ प्रतिशत हिस्सा ओगटेको छ ।पछिल्लोपटक माइक्रोसफ्टले सन् २०१५ मा विन्डोज १० अपरेटिङ सिस्टम ल्याएको थियो । माइक्रोसफ्टले विन्डोज १० मा वर्षको २ पटक अपडेट उपलब्ध गराउने गरेको छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved