विश्वकप–एशियाकप छनोटमा नेपाल र ताइपेई भिड्दै

  • प्रकाशित मितिः जेठ २०, २०७८
  • उज्यालो प्रदेश
alt


विश्वकप २०२२ र एशियनकप २०२३, छनोट खेलमा आज नेपालले चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल कुवेतमा नेपाली समयअनुसार बेलुकी ९ः४५ मा हुनेछ ।

विश्वकप छनोटको आगामी चरणमा पुग्ने गणियित संभावना कायम रहेपनि व्यवहारिक रुपमा त्यो असंभवजस्तो देखिन्छ । अस्टे«लिया, कुवेत जोर्डन र चाईनिज ताईपेई सम्मिलित समूह बीमा रहेको नेपालको लक्ष्य सोझै एशियाकपको अगाामी ९तेस्रो० चरणको छनोट खेल्ने हो । यसका लागि भने चाईनिज ताईपेईविरुद्धको आजको खेललाई महत्वपूर्ण मानिएको छ । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताईपेईविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । ‘हामी छनोटको चौथो स्थानमा रहेर एशिया कपको तेस्रो चरणको छनोट खेल्ने अवसर कायम राख्न चाहन्छौं र यसका लागि जित्न चाहन्छौं,’ अलमुताईरीले भने,‘हामीसँग युवा र प्रतिभावान् खेलाडी छन् ।’

तुलनात्मक रुपमा अन्य टोलीको दाँजोमा ताईपेईविरुद्धको खेल नेपालका लागि सहज छ, त्यसैले नेपालले जितलाई नै आफ्नो लक्ष्य बनाएको छ । यसअघि पहिले लेगमा पनि नेपालले ताईपेईलाई २–० ले हराएको थियो ।
समूहको चौथो स्थानमा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये यही खेलबाट मात्रै अंक जोडेको हो । अन्य सबै खेलमा नेपाल पराजित भएको छ । यता, ताईपेइले अहिलेसम्म खेलेका ५ खेलमा कुनै जित निकाल्न सकेको छैन । त्यसैकारण, उसले पनि नेपालविरुद्धको खेल जित्ने लक्ष्य राखेको छ ।

एशिया कपका लागि यस्तो छ छनोट प्रक्रिया
छनोट चरणमा ४० देश सहभागी छन् । यी देशलाई ८ समूहमा बाँडिएको छ । प्रत्येक समूहको विजेता सिधैं एशियाकपमा छनोट हुनेछन् । समूहमा दोस्रो भएका आठ टोलीमध्ये उत्कृष्ट चार टोली पनि सिधैं एशियाकपमा छनोट हुनेछन् । यसरी १२ देश दोस्रो चरणबाटै एशियाकपमा छनोट हुनेछन् ।

तर, एशियाकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रहरुको संख्या २४ छ । त्यसकारण बाँकी १२ देशको चयन तेस्रो चरणको छनोटबाट हुनेछ । दोस्रो चरणमा दोस्रो स्थानमा रहेका बाँकी चार, समूहमा तेस्रो स्थान हासिल गर्ने आठ र चौथो स्थानमा रहेका उत्कृष्ट ४ गरी कुल १६ टोली एशियाकपको तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

चौथो स्थानका बाँकी चार र समूहको पुछारमा रहेका आठ टोलीले पनि तेस्रो चरण खेल्न पाउने आशा भने जीवितै रहनेछ । उनीहरुले यसका लागि प्लेअफ खेल्नेछन् । प्ले अफबाट यी १२ मध्ये ८ टोली तेस्रो चरणमा छानिनेछन् ।
यसरी तेस्रो चरणको खेलमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसमध्ये १२ टिम एशियाकपमा छनोट हुनेछन् ।

उसोत मानौं, तेस्रो चरणको छनोटमै चीन छानिएन, यस्तोमा पनि आयोजकका नाताले एशिया कपमा उसको सहभागिता पक्का नै छ, । यस्तो परिस्थिती आएमा तेस्रो चरणको छनोटबाट १२ नभएर ११ टिम एशियाकपमा छनोट हुन्छन् । तर, यस्तो संभावना निम्तिएलाजस्तो देखिन्न किनकी चीन बलियो अवस्थामा छ । समूह भएको दोस्रो स्थानमा रहेको चीनको लक्ष्य विश्वकपको आगामी चरणको छनोट खेल्ने हो । अहिलेकै अवस्था कायम राखेमा शीर्ष दुईभित्र पर्दै चीन सोझै एशिया कपका लागि छनोट हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved