सरकारी कर्मचारीको तलव बढेपछि कसको कति पूग्यो ? (सूचि सहित)

  • प्रकाशित मितिः जेठ १८, २०७८
  • उज्यालो प्रदेश
alt

सरकारले सबै कर्मचारीको तलब २ हजार रूपैयाँ बढाएको छ ।

कर्मचारीको दर्जा अनुसार प्रतिशतले तलब बढाइने गरेकोमा यसपटक कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तलव समान २ हजार रुपैयाँ बढाइएको हो ।

बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले तलबमानमा अपेक्षा गरे अनुसार वृद्वि गर्ने अनुकुल परिस्थिती नभए पनि मनोबल उच्च बनाउन सबै कर्मचारिको तलव २ हजार रूपैयाँले बढाएको बताएका छन् ।बढेको तलब २०७८ साउन १ गतेदेखि लागू हुनेछ ।

बढेपछि कसको तलव कति ?

सबैको तलव दुई हजार रूपैयाँले बढाइएपछि सबै कर्मचारीको साविकको तलबमा दुई हजार रूपैयाँ थपिएको छ । यो तलब साउनदेखि कार्यान्वयनमा आउनेछ ।

बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रूपैयाँ पुगेको छ । यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved