कोठाभित्रै मृत भेटिए फ्रान्सेली नागरिक

  • प्रकाशित मितिः जेठ १७, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । बौद्धमा एकजना फान्सेली नागरिक कोठाभित्र मृत अवस्थामा भेटिएका छन् ।

राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक ६७ वर्षीय मार्क गेरार्ड बाजुसलाई मृत अवस्थामा फेला पारिएको प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले बताए ।

उनका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन । र, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे खुल्नेछ ।

कार्कीका अनुसार बाजुस झण्डै एक दशक अघिबाट बौद्धको नयाँ बजार क्षेत्रमा बस्दै आएका थिए । ‘आफ्नो देशमा आफन्त कोही छैन, मलाई यहीँ रमाइलो लाग्छ भन्दा रहेछन्’ उनले स्थानीयको भनाइ उदृत गर्दै भने, ‘काम पनि खासै केही गरेको देखिँदैन ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved