बेलबारी भाउनेकी एक महिलामाथी बलात्कारको प्रयास, ससुरा बिस्थापित

  • प्रकाशित मितिः जेठ १७, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । मोरङको बेलबारी १० भाउन्नेकी एक २१ बर्षिया महिलालाई स्थानीय एक युवाले जबरजस्ती बलात्कारको प्रयास गरेको भन्दै पिडित महिलाले उजुरी दिएकी छिन् ।

घरमा कोही नभएको मौका छोपी जेठ १३ गते बेलुका पसलमा चटपटे र चुरोट खाना आएका स्थानीय गोपाल निरौलाले जबरजस्ती बलात्कारको प्रयास गरेको पिडित महिलाले बताएकी छिन् । अभियुक्त फरार रहेका छन् ।

आफ्नो श्रीमान बैदेशिक रोजगारीका क्रममा साउदीमा रहेको र ११ महिनाको छोरा सहित घरमै पसल गर्दै आएकी ती महिलामाथि निरौलाले पछाडीबाट सम्बेदनशिल क्षेत्रमा छुदै जर्वजस्त किस गर भनेपछि आफुले गुहार माग्दै माथिल्लो तलामा चढेर भागेको बताएकी छिन्।घटना मिलाउनुपर्छ भन्दै स्थानीय केही ब्यत्तिहरु दैनिक घरमा आएर रकम समेत बार्गेनिंग गरिरहेको पिडितका ससुरा बताउँछन् ।

घट्ना मिलापत्र गराउन नगरपालिकाको एकजना कार्यपालिका सदस्य समेत लागि परेको बताइएको छ । गाँउलेको दवाव बढेपछि पिडितका ससुरा भने गाँउबाट बिस्थापित भएर बेलबारी बस्न थालेका छन् । घटनाबारे इप्रकामा बेलबारीमा उजुरी गरेपनि घटनामा संलग्न युवा भने पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved