कोरोनाबाट ४ को मृत्यु, २१जना संक्रमणमूक्त,संक्रमितहरु १७७ पुगे( विवरण सहित )

  • प्रकाशित मितिः जेठ १७, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी गाउँपालिकामा कोरोना भाइरस संक्रमणबाट हाल सम्म २१ जना संक्रमण मुक्त बनेका छन् ।
कोरोना संक्रमण दर बढेसंगै संक्रमण मुक्त हुनेको संख्या पनि थपिदै गएको छ ।केराबारी गाउँपालिकामा हाल सम्म १७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० पुरुष र ८७ जना महिला रहेका छन् ।

गाउँपालिका भरी २०५ जनामा पिसिआर र १८४ जनामा एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमणपुष्टि भएको हो । संक्रमणपछि २१ जना सामान्य अवस्थामा फर्किएपनि बाँकी १४१ जना होम आइसोलेसनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
हाल सम्म ४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

कुन वार्डमा कति पुगे संक्रमित ?
वडा नं. ७

केराबारी गाउँपालिकाको कोरोना संक्रमणबाट जोखिम क्षेत्रको रुपमा अहिले ७ नम्बर वडा रहेको छ । बजार देखि पश्चिम क्षेत्रमा रहेको डागी,मुगु,नर्कटे,सिदुरे लगायतको टोलवस्ती रहेको यसवडामा हाल सम्म ७ जना संक्रमित भएका छन् ।

वडा नं.८
केराबारीको मुख्य बजारको पूर्व पश्चिम बाटो देखि दक्षिण पटि बजारसंगै जोडिएको जंगलको सीमाना सम्म रहेको अाँमजुगी, हजारविघा लगायतको टोलवस्ती रहेको यस वडामा पनि संक्रमितको संख्या थपिदै गएको छ । यस वडालाई पनि जोखिम क्षेत्रको रुपमा हेरिएको छ ।

हाल सम्म ३५ जना संक्रमित पुगेको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि यस टोलमा शिल गरिएको भनिएपनि कुनै प्रभावकारी नभएको र कतिपय संक्रमितहरुले सामान्य रुघा खोकीको रुपमा लिने र परिक्षण गर्न नजाने, संक्रमित यत्रतत्र हिडडुल गर्नाले संक्रमण वढ्दै गएको छ ।

वडा नं.९
गाउँपालिकाले सार्वजनिक गरेको पछिलो तथ्यांक अनुसार वडा नं. ९ मा पनि संक्रमितहुनेको संख्या ३५ जना पुगेको छ । केराबारीको सवैभन्दा ठूलो भूभाग रहेको यस वडामा भलुवा विराजे देवीझोडा घंघरु लगायतको टोलवस्ती रहेको छ । बेलबारीसंगको खुल्ला सीमाना र बढी आउजाउ हुने भएकाले पनि यस वडामा संक्रमण दर बढेको बताइएको छ ।

वडा नं.५
साविक यांगशिला गाविस अन्र्तगत पर्ने यस वडा धरान पानवारी नाका अन्र्तगत पर्दछ । यस वडामा पनि कोरोना संक्रमणबाट १ जनाको निधन भइसकेको छ । भने सक्रमितको संख्या हाल सम्म २६ जना पुगेको छ ।

वडा नं.२
पर्यटकिय क्षेत्रको रुपमा रहेको जेफाले क्षेत्र रहेको साविक सिहंदेवी गाविस अन्र्तगत पर्ने यस वडामा पनि पछिलो समय संक्रमण दर बढ्दै गएको छ । गाउँघरमा हुने विवाह भोज जन्मोत्सव जस्ता कार्यक्रममा सहभागि हुने कोरोना संक्रमण भइ हाले पनि परिक्षण गराउन नजाने र केही हुदैन भन्ने सोचका कारण फैलिएको स्थानीय शिक्षकहरुले बताएका छन् । यस वडामा पनि टोल वस्ती संगठनहरुले टोल टोलमा शिल गरेका छन् ।

वडा नं. १०
केराबारीको प्रमुख केन्द्रको रुपमा रहेको यस वडा बजार क्षेत्रमा पर्दछ । मूख्य बजार क्षेत्र भएकाले यहा वढी मात्रामा मानिसहरुको जमघट हुने आउजाउ गर्ने क्रम नरोकिएको पाइन्छ । निषेधाज्ञाको मानिसहरुको जमघट बाक्लो हुने गरेको कारण संक्रमण दर विस्तारै बढ्दै गएको छ । हाल सम्म यस वडामा १६ जना संक्रमित फेला परेका छन् । यस वडामा पनि १ जना संक्रमितको मृत्यु भएको छ ।

यस वाहेक वडा नं. ३ मा ७ जना, वडा नं.६ मा २ जना,वडा नं.१ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ भने हाल सम्म वडा नं.४ सुरक्षित रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved