२३ वर्ष कम उमेरकी प्रेमिकासँग बेलायतका प्रधानमन्त्रीको गोप्य बिहे

  • प्रकाशित मितिः जेठ १६, २०७८
  • उज्यालो प्रदेश
alt

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कमकी प्रेमिकासँग गोप्य रुपमा बिहे गरेका छन् ।

बोरिसले प्रेमिका केरी साइमण्ड्ससँग वेस्टमिनिस्टर चर्चमा नेपाली समयअनुसार शनिबार विवाह गरेका हुन् । यो जोडीले छ महिनाअघिदेखि गरेको बिहेको तयारीका बारेमा थोरैलाई मात्रै जानकारी थियो ।

परिवारका र नजिकका साथीभाइ गरेर सीमित ३० जना पाहुनाको उपस्थितिमा उनीहरुको बिहे भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । यसअघि उनीहरुले ३० जुलाई २०२२ मा मात्र विवाह गर्ने चर्चा थियो । तर उनीहरुले बिहे गोप्य रुपमा गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

बोरिस जोन्सन तथा केरी साइमण्ड्सले सन् २०१९ मै इन्गेज्मेन्ट गरेका थिए । तर तीव्र रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण उनीहरुले २०२० मा विवाह गर्न सकेनन् ।केही साताअघि मात्र उनीहरुले आगामी वर्षको जुलाई ३० मा विवाह गर्ने समाचार सार्वजनिक भएको थियो । गत वर्षको फेब्रअरी महिनामा केरी साइडण्ड्सले दुवै जनाको इन्गेज्मेन्ट भएको तथा चाँडै नै विवाह गर्ने सार्वजनिक गरेकी थिइन् ।

जोन्सन प्रधानमन्त्री भएदेखि २०१९ देखि नै उनीहरु डाउनिङ स्ट्रीटमा सँगै बस्दै आइरहेका थिए । अघिल्लो वर्ष उनीहरुले छोरा जन्माएका थिए । जसको नाम बिल्फ्रेड लरी निकोलस जोन्सन हो ।

जोन्सनले यसअघि दुईवटा विवाह गरेको भए पनि दुवै जनासँग सम्बन्ध विच्छेद भइरहेको छ । बेलायती प्रधानमन्त्रीले २०१९ मा केरी साइमण्ड्ससँग विवाहको प्रस्ताव राखेका थिए । त्यसको केही दिनपछि नै आफ्नो पार्टीले चुनाव जितेपछि बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved