कोरोनाले ढुंगाना परिवारको उजाडियो घरबार

  • प्रकाशित मितिः जेठ १६, २०७८
  • उज्यालो प्रदेश
alt

गत वर्षको तुलनामा यो वर्ष कोरोना संक्रमणबाट मृत्यु हुनेको दर बढेको मात्र छैन । मृत्युदर बढेसंगै अपत्यारिला लाग्ने धेरै घरपरिवारको खुशी कोरोनाले चुढाएको छ । कोरोना संक्रमणका कारण अवोध बालवच्चाले आफ्ना अभिभावक गुमाउनु परेको छ । वैवाहिक सम्बन्धको छोटो समयमा धेरैको सिउदो उजाडिएको छ । कतिपयले आफ्ना घरका प्रमुख अभिभावक गुमाउनु पर्दा जीवनभर पारिवारिक संकट झेल्नुपर्ने बाध्यता आइपरेको बेला मोरंगको विराटनगरमा कोरोना संक्रमणका कारण एक ढुंगानाको परिवारै उजाडिएको छ ।

चार दिनको अन्तरमा परिवारका तीन सदस्य गुमाउनु पर्दा उनीहरुको परिवार नै उजाडिएको हो ।परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

परिवारका ४ सदस्यमा कोरोना संक्रमण भएपछि एक एक दिनको अन्तरमा उनीहरुको मृत्यु भएको हो । चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने अस्पतालमा उपचाररत रहेका छन् ।संक्रमणका कारण आमा बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको आफन्त न्यौपानेले बताए ।


‘कोराना संक्रमणबाट चार दिनको अन्तरालमा परिवारका तिन सदस्यले मृत्युवरण गर्नु प¥यो’आमा,बुबाको मृत्यु हुदा छोराले दागबत्ती समेत दिन पाएनन्’आफन्त र छिरछिमेकले अन्त्येष्टिमा सहभागी भएका छौ,’ उनले भने । कोरोनाले ढुंगाना परिवारको घर नै उजाडिदियो कस्तो विडम्बना ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved