शनिबारसम्म ठूलो पानी पर्ने, सतर्कता रहन आग्रह

  • प्रकाशित मितिः जेठ १३, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं, । भारत र बंगलादेशमा ठूलो विध्वंस मच्चाएको शक्तिशाली ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।
यास चक्रवातको प्रभावले केही दिनयता नेपालमा वर्षा,हिमपात र हावाहुरी भइरहेको छ ।

यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । चक्रबातको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि नै हावाहुरी सहित वर्षा भइरहेको छ । यसबीच कतिपय स्थानमा भारी वर्षा समेत भएको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताएकी छिन् ।

उनका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ, प्युठानमा भारी वर्षा भएको छ । यसैगरी प्रदेश–१ र २ मा पनि हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।

‘काठमाडौंमा पनि रातभर वर्षा भएको छ,’ मौसमविद् बासीले भनिन्, ‘सुदूरपश्चिम एउटा प्रदेशमा मात्र वर्षा भएको छैन । अहिले (बिहीबार बिहान) अहिले पनि प्रदेश–१, प्रदेश–२ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा जारी छ । मौसमविद् बासीका अनुसार तर रातिभन्दा अहिले वर्षा केही कम भएको छ ।

यासको प्रभाव अझै केही दिन रहने र अहिलेसम्मको अनुमानअनुसार कम्तीमा शनिबारसम्म (सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गरिन्छ) वर्षा र हिमपातको क्रम जारी रहने देखिएकाले होशियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तो रहने छ आगामी तीन दिनको मौसम

जेठ १३ गते बिहीबार
दिउँसो – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

राति – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली–उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

जेठ १४ गते शुक्रबार
दिउँसो – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

राति – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

जेठ १५ गते शनिबार
दिउँसो – देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

राति – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश–१ का हिमाली–उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved