मोरंग केराबारीमा ११८ पुगे कोरोना संक्रमित, १ जनाको मृत्यु संक्रमण वढेपनि रोकियन सर्तकता

  • प्रकाशित मितिः जेठ १२, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । मोरंग केराबारीमा कोभिड १९ को दोश्रो भेरियन्सबाट संक्रमण हुने क्रम बढिरहेको छ । गाउँपालिकाले निषेधाज्ञा जारी गरेपनि कोरोना संक्रमण भने दिनप्रतिदिन बढ्दै गएको पाइएको छ ।

बिहिबार सम्म केराबारी गाउँपालिका भरी कोरोनाबाट संक्रमित हुनेको संख्या ११८ पुगेको छ ।संक्रमण दर दैनिक बढिरहेका कारण प्रभावित क्षेत्रमा निषेधाज्ञा सहित स्थानीय टोलविकास संस्थाहरुले पनि टोलटोलमा शिल गरिएको आव्हान गरिएपनि संक्रमण भने नियन्त्रण हुनुको साटो बढ्दै गएका कारण जोखिम पनि बढेर गएको छ ।

गाउँपालिकाको सवैभन्दा बढी संक्रमित क्षेत्र वडा नं.८ मा ३० जना पुगेका छन् । संक्रमित वढेसंगै वुधबार देखि वडापालिकाले संक्रमण जोखिम कम गर्न प्रभावित आमजुंगी टोलक्षेत्रमा शिल गरेको छ ।

वडाकार्यालयले आदिकारिक रुपमा सूचना सार्वजनिक नगरेपनि वडाध्यक्ष मनोज खड्काले शिल गरिएको बताउनुभयो । सर्वसाधण नागरिकलाई हिड्न तथा अत्यावश्यक सवारी साधन संञ्चालनमा कठिनाई हुने गरी ढाटै लगाएर शिल नगरिएपनि सूचना मार्फत जानकारी गराएका छौं । भौतिक रुपमा एक अर्काबाट टाढा रहने गरी आवत जावत हुन नदिन शिल गरिएको हो खड्काले भन्नुभयो ।

त्यसैगरी वडा नं. ७ मा पनि संक्रमण दर बढिरहेको छ । हाल सम्म वडा नं. ७ मा २८ जना संक्रमित रहेका छन् । वडा नं. ७ मा भने संक्रमित हरु आ आफनै ढंगबाट होम आइसोलेसनमा रहेका छन् ।

यसवाहेक वडा नं.५ मा १८ वडा नं. ९ मा १८ जनामासंक्रमण पुष्टि भएको छ । वडा नं.२ मा ९ जना संक्रमित देखिएपनि बुधबार गरिएको थप परिक्षणको रिपोर्ट आउन बाकी रहेकोले यो संख्या अझै बढ्ने स्वास्थ्य सम्भावना रहेको छ ।वडा नं.१० पनि संक्रमित बढेर ७ जना पुगेका छन् । त्यसतै ३ मा ५ जना र वडा नं.६ मा १ जनामा संक्रमण पुष्टि देखिएको छ । यो संगै वडा नं. ६मा पनि कोरोना संक्रमित सुरु भएको छ ।

गाउँपालिकाले हाल सम्म १५३ जनामा पिसिआर टेष्ट र १३४ जनामा एन्टिजेन टेष्ट गरेको हो । कोरोनाजस्तै लक्षणबाट २ जनाको मृत्यु भएपनि केराबारीमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ ।९ जना संक्रमण मुक्त र ९८ जना होम आइसोलेसनमा रहेको केराबारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चम्लागाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved