खाडीबाट एक लाख १७ हजार कामदार माग

  • प्रकाशित मितिः जेठ १२, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ — कोरोनाको संक्रमणको दोस्रो लहर चलिरहेका बेला मलेसियाबाहेकका प्रमुख श्रम गन्तव्यका रोजगारदाता कम्पनीले नेपालबाट झन्डै एक लाख १७ हजार कामदार लैजान मागपत्र प्रमाणीकरण गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान, साइप्रस, रोमानियास्थित रोजगारदाताले नेपाली कामदारको माग गरेको हो ।निर्माण क्षेत्रमा बढी कामदार लैजान माग पेस गरेका हु्न् ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार सबैभन्दा बढी कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग भएको हो ।

कामदारको माग भए पनि कोरोना संक्रमणले उडान रोकिएका कारण उनीहरु गन्तव्य देश जान भने पाएका छैनन् । प्रमुख गन्तव्य मुलुक मलेसिया र कुवेतले भने कामदारको माग गरेका छैनन् ।

‘साइप्रस बाहेकका देशमा निर्माण क्षेत्रमा उच्च माग छ । कतारको एउटै कम्पनीले ३ हजार सम्म कामदार माग गरेको छ,’ उनले भने, ‘सेवा क्षेत्रमा अझै माग भएको छैन ।’ साइप्रसमा भने घरेलु महिला कामदारको उच्च माग छ । युएईबाट सरकारी, अर्धसरकारी र फ्री जोन क्षेत्रका लागि कामदार माग भएको छ । ‘सबै व्यवसायीले ल्याएको मागपत्रको हामीले आन्तरिक रेकर्ड राखेका छौं । म्यानपावर कम्पनीमा झन्डै चार लाख नेपालीले जानको लागि आवेदन दिएका छन् । यो निकै उच्च संख्यामा आवेदन परेको छ,’ उनले भने ।

खाडीस्थित नेपाली दूतावासले रोजगारदाताबाट आउने मागपत्रलाई प्रमाणीकरण गरिरहेको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजले विश्वकप फुटबलको समय नजिकिदै आइरहेकाले कतारले आफूकहाँ निर्माणाधीन आयोजनाहरुलाई छिटो सम्पन्न गर्नतर्फ ध्यान दिएकाले कामदारको माग बढेको उनले बताए ।

कतारले गत मार्चको २२ देखि कामदारको न्युनतम तलब एक हजार रियाललाई कार्यान्वयनमा ल्याएको छ । राजदूत भारद्धाजले कतारसँगको हवाई उडानलाई पनि निरन्तर दिनको लागि सरकारलाई अनुरोध गरेको बताए ।

संघका महासचिव श्रेष्ठले निषेधाज्ञाका कारण कामदार भर्ना प्रक्रिया भने पूर्ण रूपमा प्रभावित भएको बताए । ‘मागपत्र छ । अन्तर्वार्ता लिन विभागबाट स्वीकृति पनि छ तर एकातिर अन्तर्वार्ता लिन सकिएको छैन, अर्कोतिर भिसा आइसकेको कामदारलाई अभिमुखीकरण तालिम गर्न रोकिएको छ,’ उनले भने, ‘गन्तव्य देशमा कोरोना संक्रमणलाई नियन्त्रण गर्ने मापदण्डलाई पूर्ण पालना गरिरहेकाले कामदारलाई छिटो पठाइदिन अपेक्षा राखेको छ ।’कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved