‘यास’ चक्रवातको प्रभाव, हावाहुरीसहित वर्षा र हिमपात, पर्वतारोहण नगर्न आग्रह

  • प्रकाशित मितिः जेठ १२, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । अहिले नेपालको मौसममा बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको आंशिक प्रभाव परेको छ । जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ ।

पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ । यसको असरस्वरुप पूर्वी नेपालबाट शुरु भएको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । यसको असरस्वरुप पानी पर्ने तथा हावाहुरी चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो । ठूलो हावाहुरी भने नचल्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

‘चक्रवातको असर शनिबारसम्म देखिने छ । आइतबारबाट कम हुँदै क्रमशः हट्दै जानेछ’, मानन्धर भन्छिन्, काठमाडौंमा गत २४ घण्टामा काठमाडौंमा ५.६ मिलिमिटर पानी परेको थियो । आज काठमाडौंमा त्योभन्दा ठूलो वर्षा हुने सम्भावना रहेको छ । उनका अनुसार आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ ।

चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी, वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ । उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात–वर्षा तथा उच्च बेगको हावाहुरी समेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved