कोरोना संक्रमण बढेपछि केराबारी गाउँपालिका अध्यक्षको टोलमा शिल

  • प्रकाशित मितिः जेठ ११, २०७८
  • उज्यालो प्रदेश
alt तस्बिर गत वर्ष लक डाउनको समयमा स्थानीयले ग्रामिण क्षेत्रमा प्रवेश गर्ने नाका बन्द गर्दै

केराबारी । मोरंको केराबारी गाउँपालिकामा कोरोना भाइरस संक्रमण दर तिव्र बनेसंगै वडा नं.८ को आमजुँगी टोल पुर्ण रुपमा शिल गरिएको छ ।

गाउँपालिका अध्यक्ष रोहित कार्कीको बसोबास समेत रहेको सो वडा र टोलमा कोरोना भाइरस संक्रमितहरुको संख्या ह्वातै बढेसंगै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आमजुँगी टोल वस्ती शिल गर्नु परेको वडाध्यक्ष मनोज खड्काले बताउँनुभयो ।

वडाध्यक्ष खड्काले आजै राती १२ बजेदेखि लागु हुने गरी आमजुँगी वस्तीमा आवतजावतमा रोक लगाउन सम्पुर्ण नाकाहरु शिल गरिएको र संक्रमित तथा अन्य सवै नागरिकलाई पनि घरमै बसेर सहयोग गरिदिन सामाजिक संञ्जाल मार्फत आग्रह गरेका छन् ।

केराबारी गाउँपालिकाभरी निषेधाज्ञा जारी रहे पनि निषेधाज्ञाको समयमा सवारी साधन पुर्ण रुपमा संञ्चालनमा रहेको छ । विकास निर्माणका कामहरु समेत धमाधम भइरहेका छन् । बजारको मूख्य चोक,ग्रामिण तथा भित्री सडक र वस्तीहरुमा खुलम खुल्ला सवारी साधन संञ्चालनमा रहेका छन् ।संक्रमितहरु घर बाहिर जताततै हिड्डुल गर्ने क्रम नरोकिएपछि संक्रमण जोखिम कम गर्न केही दिनका लागि शिल गरिएको छ । तर अधिकांस नागरिकले भने केराबारीका सम्पुर्ण नाकाहरु केही दिनका लागि बन्द गरी परिक्षणको दायरा बढाएर लानुपर्ने बताउदै आएका छन् ।

केराबारी ८ को आमजुंगी हजारविघा टोल लगायतका क्षेत्रमा मंगलबार सम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोलक्षेत्रका अधिकांस मानिसहरुमा कोभिडका लक्षण जस्तै देखिने विरामीहरु भएका कारण अझै धेरै संक्रमित हुन सक्ने आंकलन गरिएको छ । यदपी परिक्षण दायरा वढाउन नसक्दा र कतिपय विरामीहरु परिक्षण गर्न नजाने गरेका कारण पनि संक्रमणको जोखिम बढ्दै गएको छ ।

वडा नं.८ को केही भाग बजार क्षेत्रसंगै जोडिएपनि यो क्षेत्र क्रसर उद्योग संञ्चालन रहेको क्षेत्रभित्र पर्दछ । यस क्षेत्रमा ३ ओटा क्रसर उद्योग पनि संञ्चालनमा रहेको र त्यहाबाट निर्माण तथा ढुवानीका लागि चाहिने सामग्री विभिन्न जिल्ला हुदै भारतिय सिमानाका सम्म जाने गर्दछ । टिपर ट्याक्टरमा काम गर्ने मजदुरहरुका कारण जोखिम वढ्न सक्ने भएपछि शिल गर्नुको विकल्प नरहेको ख्डकाले वताउनुभयो ।

वडा नं. ८ को संख्यामा वडा नं. ७ मा पनि संक्रमित रहेका छन् । डाँगी मुगु क्षेत्रमा पनि कोभिडका संक्रमितहरु धेरै भएपनि सुरक्षा सावधानी तथा नियन्त्रण र रोकथामका कुनै प्रयास नगरिएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।केराबारीमा हाल सम्म १०७ जनालाई कोरोना भाइरस सक्रमणको पुष्टि भएको छ । केराबारी २ सिंहदेवीमा २ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । यदपी उनीहरुको संक्रमण पुष्टि नभएपनि लक्षण भने कोरोनाकै रहेको बताइएको छ ।केराबारीको वडा नं.८,७,५ र ९ उच्च जोखिम क्षेत्रमा छ ।

suchana

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved