युद्धमा जानु अघि हेर्नुछ.....

  • प्रकाशित मितिः जेठ १०, २०७८
  • उज्यालो प्रदेश
alt

युद्धमा जानु अघि हेर्नुछ...

नवीन थापा क्षेत्री
चेपाङ,मुसहर,चमारका ओडार र स्याउला बारेका घरहरू,
जहाँ आफ्नो शरीर ओताएर जिन्दगी काँटिरहेका छन सदियौँदेखि,
हेर्नुछ,
उपचार र खान नपाएर जिङ्गृङ्ग शरीरमा,
बोकिरहेका छन मालिकका भारी सदियौँदेखि सार्की काँइलाहरू,
हेर्नुछ,
सुन्दर सपनाहरू बन्धकी राखी मुखमा माड लगाउन नपाएर मुग्लान भासिएका युवाहरू,
हेर्नुछ पितृसत्ताले थिचिईँ अझ सदियौँदेखि घर नामको झ्यालखानामा मुस्कान लुकाएका नारीहरू,
अझ गढेर हेर्नुछ,
नागरिक आन्दोलनमा जसले आमाबुबा गुमाएका टुहुराहरू,
श्रीमान गुमाईँ श्री अनि सिउँदो खोसिएकाहरू,
विशेष यादै गर्नुपर्ने भएको छ,
जो सदियौँदेखि भान्सेँ भएर डाडुपुन्यौँ हातमा लिईं असमान वितरण गरिरहेकाहरू,
साथै ठूला र शक्तिको आडमा जबर्जस्त भ्रष्टाचार गरिरहेकाहरू,
हेर्नुछ तिनलाई पनि जो देशमै बसेर देशविरुद गद्दार गरिरहेका छन,
अब त अत्ति भो पराकाष्ठा नै नाघ्यो,
अन्तिम युद्ध गर्नुछ र,
उखेल्नु छ जरा अवशेष नै नरहने गरी सामन्तको,
हिजो जो बग्गीमा बसी श्रीपेच ओडेर हिड्नेहरू जसरी निकालिए,
त्यसैगरी आज फेरि तामझामका साथ बग्गीमा बसेर सहर दगुर्नेलाई,
उतारेर लघार्नुछ अनि कोर्‍आ हानेर सधैँको लागि पुर्नुपर्नेछ प्रवृत्ति,
युद्धमा जानु अघि हरेक सिपाहीहरू यसरी नै परिचालित भैरहन्छन,
जब परिवर्तन आउँछ लड्नेहरू हराउँछन,बिलाउँछन,
तर तिनै परिचालकहरू फेरि सामन्ती बनेर उदाउँछन।।

 (लेखक साहित्य विकास समाज केराबारी मोरंगको अध्यक्ष एवं राष्टिय पुस्तकालय केराबारीको सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved