बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, नेपालमा समेत असर पर्ने

  • प्रकाशित मितिः जेठ १०, २०७८
  • उज्यालो प्रदेश
alt

बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबार सम्ममा धेरै शक्तिशाली चक्रवात आउने जल तथा मौसम विभागले जनाएको छ । उक्त चक्रवातको असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले सोमबार जारी गरेको विशेष बुलेटिनमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । यस्तै उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

सो प्रणालीका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ। तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केही दिनसम्मका लागी पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ ’, विभागको विशेष बुलेटिनमा भनिएको छ ।

देशका धेरै स्थानहरुमा बुधबारबाट केहि दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले भनेको छ। साथै, प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ।

यो सिजनमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved