मंगल ग्रहमा अमेरिका पछि चिनले पठायो अन्तरिक्ष रोबोट

  • प्रकाशित मितिः जेठ १, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ ।

‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ ।पौराणिक अग्नि र युद्ध देवताको नामबाट चीनले रोबोटको नाम ‘चु रोङ्ग रोभर’ राखेको हो । रोभर एक सानो अन्तरिक्ष रोबोट हो । यसमा पांग्रा जडान गरिएको हुन्छ । चु रोङ्गमा ६ वटा पांग्रा जडान गरिएको छ ।

‘चु रोङ्ग रोभर’ मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा अवतरण गरेको छ । युटोपियाबाट यस रोभरले मंगल ग्रहका तस्वीर पठाउने छ ।चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।

पृथ्वीबाट मंगलग्रहसम्मको दुरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ्ग रोभरले मंगल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेटको समय लगाउने बीबीसीको समाचारमा उल्लेख छ ।अन्तरिक्ष विज्ञानमा अमेरिकाको ऐतिहासिक उपलब्धी छ । मंगल ग्रहमा सफलता हासिल गरेसँगै अब चीनले अमेरिकालाई चुनौती दिएको बीबीसीले जनाएको छ ।

हालै चीनले विश्वको पहिलो क्वान्टम उपग्रहलाई चन्द्रमामा अवतरण गराएको थियो । त्यहाँबाट केही नमूना संकलन गर्न पनि चीन सफल भएको थियो । चीनले आफ्नै अन्तरीक्ष स्टेशनसमेत बनाइरहेको छ ।यदि चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सक्यो भने यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ । रुसले पनि सन् १९७१ मा मंगल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन ।

मंगल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । यहाँ धूलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved