केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

  • प्रकाशित मितिः बैशाख २६, २०७८
  • उज्यालो प्रदेश
alt

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा नंं ३ र ७ मा एक एकजना र ८र ९ मा दुइ दुइ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै केराबारीमा कोरोना पोजिटिव १८ जना पुगेको छ । स्वास्थ्य शाखाले दिइएको जानकारी अनुसार हाल सम्म केराबारीको सवैभन्दा बढी वडा नं.७ मा ७ जना संक्रमित पुष्टि भएको छ ।

वडा नं.३ मा २ ,वडा नं.८ मा ५ जना र वडा नं.९ मा ४ जनालाई संक्रमण पुष्टि भई सवैजना होम आइस्योलेसनमा रहेका छन् । केराबारी ७ का १ जनालाई अस्पताल रेफर गरिएको स्वास्थ्य संस्थाका प्रमुख टोमप्रसाद चम्लागाईले बताउनुभयो ।

१० जनालाई परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि केराबारी ३ ,९ ,८ ,१ सहित विभिन्न वडाका ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसैविच केराबारी गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोना संक्रमितहरुको उपचार कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि विरामी ओसार्न एम्बुलेन्सको व्यवस्थापन संगै अक्सिजन सिलिण्डरको पनि प्रबन्ध मिलाइएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved