पालिका प्रमुखःउपप्रमुखको गाडी काण्ड,फण्डामात्रै

  • प्रकाशित मितिः बैशाख २६, २०७८
  • उज्यालो प्रदेश
alt

suresh adhikari 1
सुरेश अधिकारी,

कोरोना भाइरसका कारण देसमा स्वास्थ्य संकट निम्तिएको छ।यो बेलामा नितिगत निर्णय हरु गरेर कुनै पनि बेला आइपर्ने स्वास्थ्य संकटलाई मध्यनजर गरि प्रत्येक पालिकाले अल्पकालिन र दिर्घकालिन रुपमा अस्पतालको निर्माण गर्ने,यो रोगको महामारि आइलागेमा कसरि नागरिकलाई सुरक्षा प्रदान गर्ने र जनजिबन कसरि सामान्य बनाउने भन्ने दुरगामि योजना बनाउन खासै ध्यान दिइएको देखिएन।

राज्यका सबै सम्पति हरुमा प्रत्येक नागरिकको उत्तिकै हक र अधिकार रहन्छ । जब देसमा संकट पर्छ त्यतिखेर राज्यका सबै अंग,जनप्रतिनिधि, सरकारी सबै रास्ट्रसेवक, गैरसरकारी संघरसस्था,राज्यका सबै नागरिकसमेत मिलेर संकट निबारणका लागि उत्तिकै भुमिका निर्भाह गर्नु प्रमुख दायित्व भित्र पर्दछ।

तर आज भोलि सामाजिक संजालहरुमा पालिका प्रमुख,उपप्रमुख चढ्ने गाडि बिरामी बोक्न प्रयोग गर्न भन्ने बिषयले सामाजिक सन्जाल रंगीचंगी भएको देखिन्छ। ति साधनहरु पालिका प्रमुख,उपप्रमुखलाई मात्रै चढ्न दिएको होईन, त्यसैले एम्बुलेन्सको काम गर्नुपर्यो भन्ने तर्क अगाडि सारिएको छ । भनिएको छ, ती सबारी साधनहरु उनिहरुले मात्रै चढ्न दिएको होईन,ति सबै सवारी साधनहरु नागरिक कै हुन ।

आवश्कता पर्दा नागरिकले निर्बाध रुपमा ती साधन प्रयोग गर्न पाउने नैसर्गिक अधिकार भित्र पर्दछ। तर नागरिकले उठाएको यो सामान्य अधिकारको मागलाई आफ्नो अबसरको रुपमा लिदै नागरिकले तिरेको कर बाट खरिद गरिएका यस्ता साधन आफैले आफ्नै निजि सम्पत्तिबाट खरिद गरेर दिएझै गरेर प्रचार गरिएको छ ।

यस्ता कुरामा सस्तो लोकप्रियता वा चुनाबी फण्डाको लागि प्रचार गर्नु भन्दा म मेरो पारिश्रमिकबाट बिपदमा परेका नागरिकलाई यति सहयोग गर्छु, मेरो ब्यक्तिगत लाभबाट तथा ब्यक्तिगत सम्पतिबाट बिपदमा परेका नागरिकलाई यति सहयोग गर्छु भनेर घोषणा गर्ने हिम्मत कुनै पालिका प्रमुख,उपप्रमुख लगायत अन्य जनप्रतिनिधि ज्युहरुसङ्ग छरु पक्कै छैन, किनकि त्यहा आफ्नो दिनुपर्छ । पालिकाबाट दिदा आफ्नो पनि नजाने दिए जस्तो नि हुने भएकोले मिडियाबाजी गरिएको देखिन्छ ।

वास्तबमा कोभिडबाट सङ्क्रमित र स्वास्थ्य सस्थामा लैजानु पर्ने बिरामीको लागि निजि गाडी वा एम्बुलेन्सहरुलाई स्थानिय पालिकाले भुक्तानीको ब्यबस्था गरिदिएर प्रयोग गर्ने र कोभिड सङ्क्रमणबाट अरु जनतालाई जोगाउन भने मेयररउपमेयरले जनताको घर आगनमा पुग्नुपर्ने अबस्था छ ।

स्थानिय ब्यबसायीका भेनर एम्बुलेन्स काम नपाएर घरमा थन्क्याउनु पर्ने अबस्था अनि प्रमुख,उपप्रमुखले चै बिना सुरक्षा कोरिना सङ्क्रमितको लागि प्रयोग गरिनु मनासिब हुँदै होईन ।

यस्तो भयावह अबस्थामा आफुले चढ्दै आएको गाडी दिएर सार्बजनिक ब्यक्तिले घरमा सुत्नु ठिक हुँदै होईन, स्वास्थ्य मापदण्ड अपनाउदै बिरामीका घरक्षेत्रमा गएर ऎया ऎया भनेर छ्ट्पट्टीरहेकाहरुलाई हौसला प्रदान गर्नुपर्ने जिम्मेबारीबाट बच्न उनिहरुले गरिरहेको यो प्रचारात्मक कार्य ठिक होईन, हुँदै होईन ।

अहिले होम आईसोलेसनमा भएकालाई स्वास्थ्य सल्लाह र पोसिलो खानेकुराको आबश्यकता छ, उनिहरुलाई घरमा नै उक्त सेवा प्रदान गर्न प्रमुखरउपप्रमुखबाट नितिगत रुपमा के गरियो? वा नीति बनाईएकै भए उक्त कार्यको लागि स्वास्थ्यकर्मीहरु कसरी परिचालन गरिएकोछ ? गाउबस्तिमा कोभिडसङ्ग मिल्दोजुल्दो लक्षण भएर बिरामी परेकाहरुको स्वाब सङ्कलन गर्ने ब्यबस्था कसरी पुर्याईएको छ? सङ्क्रमणबाट गम्भीर भएका बिरामीलाई हस्पिटल पुर्याउने र उपचारमा सहजताको लागि के गरिदैछ भन्ने कुरा चै मुख्य होईन र? गाडी जिम्मा लगाएको छु, आफ्नो त साधन नि छैन भन्ने बहानाबाजी गरेर घरमा सुत्नलाई यो पद पक्कै होईन?

र अर्को कुरा यो सङ्कटको घडीमा वडादेखि राष्ट्रिय सभासम्मका सबै जनप्रतिनिधिहरु, कार्यलय सहयोगिदेखि मुख्य सचिबसम्मका सबै रास्ट्रसेवक कर्मचारि हरु, सेना, प्रहरि,ससस्त्र प्रहरीका सकल दर्जाका रास्ट्रसेवक हरु,निजि क्षेत्रका सबै कर्मचारि हरु सबैले प्रत्येक पालिकामा सधै भरिलाइ काम लाग्ने गरिको सुबिधा सम्पन्न अस्पताल बनाउनका लागि १ महिना, २ महिना, ३ महिना कति महिनाको पारिश्रमिक दिन सकिन्छ ।

अथवा आधा महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने हो भने धेरै ठूलो परिबर्तन हुन सक्छ । राजनिती दलका आमसभाहरुमा मोटो रकम सहयोग गर्न नहिचकिचाउने मनोबृत्तिका कर्मचारी, उधोगि,ब्यापारि, तथा आम नागरिकलाई समेत सो महान कार्यमा समाहित गराउने जिम्मेवारी पालिका प्रमुख उपप्रमुखमा छ र त्यसैमा हाम्रो र भाबि पिढिको कल्याण छ । यो गराउने उहाहरुको लागि ठूलो अबसर पनि हो । नत्र लोकप्रियता कै लागि सामाजिक सन्जाल रङ्गाउने हो भने पशुपतिनाथले हामि सबैको कल्याण गरुन भन्नु बाहेक अरु के नै गर्न सकिन्छ र ? लेखक लेटाङका संञ्चारकर्मी हुन् । 

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved