मुख्यमन्त्री गुरुङले दिए राजिनामा

  • प्रकाशित मितिः बैशाख २६, २०७८
  • उज्यालो प्रदेश
alt

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । 

मुख्यमन्त्री गुरुङले आइतबार अपरान्ह प्रदेश प्रमुख सीता पौडेललाई राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठन गर्न आव्हान गरेकी छिन् । 

प्रदेश प्रमुख पौडेलले हालसम्म उनको नेतृत्वको  मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले नै कार्य संचालन गर्ने जनाएकी छिन् । 

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । भोलि बैशाख २७ गते अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम तय भएकोमा एक दिन पहिलै गुरुङले राजीनामा दिएका हुन् । rajinama patra

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved