हुलाकी राजमार्गमा रुख कटान कार्य शुरु

  • प्रकाशित मितिः बैशाख २५, २०७८
  • उज्यालो प्रदेश
alt

कैलाली ।कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ ।

वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताउनुभयो ।

वसन्ता वनक्षेत्रमा पर्ने १८ किलोमिटर मध्ये १६ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । कैलारी गाउँपालिकाको बैजपुरदेखि वसन्ता सवडिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएपछि आयोजनाको काम अघि बढेको हो ।

गएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा १०० वटा रुख हटाउन आवश्यक रहेको आयोजना कार्यालयको भनाइ छ । सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ भने तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले निर्माणको ठेक्का पाएको जनाइएको छ । आयोजनाको ठेक्का २०७३ सालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved