बैशाक २७ को संसद अधिवेशनमा कोरोना संक्रमणको त्रास, संघिय संसदका १२ प्रतिसत सांसदलाई कोरोना पुष्टि

  • प्रकाशित मितिः बैशाख २५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । आगमी वैशाक २७ गते हुने संसद अधिबेशनमा कोरोना संक्रमणको त्रास बढेको छ ।
संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भए संगै सांसदहरुमा त्रास वढेको हो ।

हाल सम्म स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित सांसदहरुलाई पनि मतदानमा उपस्थित गराउने तयारी भएपछि संसद अधिवेशन कोरोना संक्रमणको लागि जोखिमपुर्ण हुने भन्दै त्रास छाएको हो ।

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको छ। संक्रमित १९ सांसद मध्ये १८ जना प्रतिनिधिसभाका १ जना राष्ट्रिय सभाका सांसद रहेका छन् । यस बाहेक अन्य ८ सांसद आइसोलेसनमा रहेका छन् । यो सहित २६ सांसद संक्रमित छन् । उनीहरुलाई स्वाब संकलन गर्नु अघि नै संक्रमित भएका हुन् ।

संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।

सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ।

कोरोना संक्रमणबाट संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ। संक्रमितको संख्या बढेसंगै वैशाख २७ गतेका लागि बोलाइएको संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ।

यी हुन् संक्रमित २६ सांसद

१.झलनाथ खनाल
२.लालबाबु पण्डित 
३.मायादेवी न्यौपाने
४.पार्वती डिसी चौधरी
५ंराजेन्द्रप्रसाद गौतम
६.नन्दलाल रोका क्षेत्री
७.मुकुन्द न्यौपाने
८.लक्ष्मणलाल कर्ण
९.नरमाया ढकाल
१०.महेश बस्नेत
११.रामबाबु यादव
१२.गोपालबहादुर बम
१३.नमीता कुमारी चौधरी
१४.शान्तिमाया तामाङ
१५.विना कुमारी श्रेष्ठ
१६.रेनुका गुरुङ
१७.जुलीकुमारी महतो
१८.रघुवीर महासेठ
१९.किसान श्रेष्ठ
२०.सुरेश कुमार राई
२१ं.पुष्पा कुमारी कर्ण कायस्थ
२२.भानुभक्त ढकाल
२३.बीना मगर
२४.भरतकुमार शाह
२५.प्रमोद शाह
२६.दिपकप्रकाश भट्ट

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved