केराबारी गाउँपालिका बैशाक ३१ सम्म बन्द, व्यापार व्यसाय विहान मात्र चल्ने

  • प्रकाशित मितिः बैशाख २१, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको कारण मोरंगको केराबारी गाउँपालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु आगामी वैशाक ३१ गतेसम्मका लागि बन्द गरिने भएको छ ।

कोरोना भाइरस संक्रमण दर बढिरहेको र यसले झनै समस्या निम्त्याउन सक्ने खतरालाई मध्यनजर गर्दै आज मंगलबार गाउँपालिका कार्याल्यमा भएको कार्यापालिका बैठकले आगामी वैशाख ३१ गतेसम्मका लागि वडाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको हो ।

वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द भएपछि पालिकाबाट संञ्चालन हुने अत्यावश्यक वाहेकका अधिकांस सेवा बन्द हुने पालिकाले जनाएको छ ।

 गाउँपालिकाले अर्को व्यवस्था नहुञ्जेल सम्म साप्ताहिक हटिया पनि बन्द गर्ने गराउने निर्णय गरेसंगै हाटबजार बन्द भएका छन् ।बजार क्षेत्रका पसल तथा व्यापार व्यवसाय पनि बुधबार देखि लागु गर्ने गरी विहान ११ वजेसम्म मात्र संञ्चालन गर्ने गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष रोहित वहादुर कार्कीले वताउनुभयो ।व्यापारी व्यवसायीहरुको संस्था केराबारी व्यापार प्रबन्ध समितिका पदाधिकारी स्थानीय सुरक्षा निकायका प्रमुख सहित पालिकाको प्रमुख उपप्रमुख सहितको उपस्थितीमा वसेको छलफल तथा बैठकले सो निर्णय गरेको हो ।

यातायात संञ्चालन भने स्वास्थय मापदण्डमा रहेर जोरविजोर प्रणालीम संञ्चालन गर्न दिइने निर्णय भएको छ । स्थानीय प्रशासनको निर्देशनलाई उलंघन गर्ने जो कोहीलाई पनि संक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गर्ने निर्णय गरिएको छ ।
केराबारीमा मंगलबार सम्म ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये केही अस्पतालमा र केही होम आइस्योलेसनमा रहेका छन् ।

182362578_948865805944063_7742217464445452526_n

182173669_948865855944058_2307675986856242792_n

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved