मोरङमा रतुवामाईमा भेटियो महिलाको शव,बलात्कार पछि हत्या भएको आसंका

  • प्रकाशित मितिः बैशाख १९, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङको रतुवामाईमा एक महिलाको शव भेटिएको छ । रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा मकैबारीमा अपरिचत महिलाको शव फेला परेको हो ।

मृत अवस्थामा भेटिएको महिलाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । आइतबार बिहान स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा महिलाको शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या गरी शव फालेको निष्कर्ष निकालेको हो ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘बलात्कार भए नभएको पोष्टमार्टमपछि खुल्छ ।शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।

आइतबार बिहान अन्दाजी ३० वर्षीया कालो वर्णकी महिलाले पहेलो कुर्ता र कालो रङ्को टाउजर लगाएकी छन् । पहिचान नखुल्दा थप अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।स्थानीय रामप्रसादीले घाँस काट्न मकैबारीमा जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘महिलाको घाँटीमा डाम छ, शरीरमा चोट भएका कारण हत्या हुनसक्ने प्रारम्भिक निष्कर्ष हो,’ डिएसपी राईले भने, ‘अनुसन्धान जारी छ, पहिचान खुलेपछि सबै विषय खुल्छ ।’

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved