केराबारीमा कोरोनाबाट ७ जना संक्रमित मंगलबारे हटिया बन्द, माश्क प्रयोग गर्दैनन् समाजका अगुवाहरु

  • प्रकाशित मितिः बैशाख १९, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतबार सम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केराबारीको स्वास्थ्य संस्थामा गरिएको एन्टिजेन टेष्टबाट वडा नं. ३ र ९ का एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विभिन्न स्वास्थ्य संस्थामा टेष्ट गरेका ५ जना सहित ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यद्यपी विभिन्न वडामा पोजिटिव देखिएका संक्रमितहरुको गाउँपालिकाको स्वास्थ्य शाखामा रेकर्ड भने नरहेको पाइएको छ । वडा नं.७ मा २ जना र वडा नं.६,९,८,३ र २ मा एक एक गरी ७ जनामा कोरोना संक्रमित भएको केराबारी स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चम्लागाईले बताउनुभयो । केराबारीको एक मेडिकलमा केही दिनदेखि उपचार गराई रहेका केराबारी ३ का एक संक्रमित व्यक्तिको स्वास्थ्यमा सुधार नभएपछि आज विराटनगर रेफर गरिएको पाइएको छ ।

छैन सावधानी,
कोरोना संक्रमणबाट बच्न गाउँपालिकाले पटक पटक स्वास्थ्य सुरक्षामा ध्यान दिन र स्वास्थ्य सुरक्षाको विधि प्रयोग गर्न सार्वजनिक सूचना मार्फत निर्देशन दिएपनि सर्वसाधरण र सचेत नागरिकहरुले पनि सावधानी नअपनाउँने गरेको पाइएको छ । घरबाट बाहिर निश्कदा होस या भिडभाडमा अनिवार्य माश्क प्रयोग गर्न भनिएता पनि अधिकांस नागरिकहरुले माश्क गोजीमा बोकेर हिड्ने गरेका छन् भने केहीले मात्र माश्कको प्रयोग गर्ने गरेको पाइएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले पनि सुरक्षा सम्बन्धि मापदण्ड पालना नगरिएको भेटिएको छ ।विवाह तथा जन्मोत्सवहरुमा गरिने कुनैपनि कार्यक्रमका लागि सुरक्षा निकायबाट अनुमति नलिई कार्यक्रम हुने गरेको छ ।

पालिकाले सुरक्षा सतर्कता अपनाउन अनावश्यक भिडभाड नगर्न, औपचारिक कार्यक्रमहरु गर्न गराउन बन्देज लगाएपनि सूचना र निर्देशनको कुनै पालना नभएको पाइएको छ । चोक तथा गल्लि चियापसलमा समेत अनावश्यक भिड गरी वस्ने र कुनै सुरक्षा सावधानि नअपनाउने गरेको पाइएको छ । अरु त अरु केही वडाले त विभिन्न टोलबाट मानिसहरु भेला गरी औपचारिक कार्यक्रम तथा तालिम समेत गरिरहेको पाइएकोछ ।

हाटबजार बन्द
केराबारीमा लाग्दै आएको मंगलबारे हटिया सहित विभिन्न हाटबजार अर्को सूचना प्रकासन प्रसारण नभएसम्म केराबारी गाउँपालिकाले बन्द गर्ने निर्णय गरेको छ ।पालिका भित्र संञ्चालन गरिने होटल रेष्टुरेन्टहरु विहान ६ वजेदेखि साझ ६ वजेसम्म मात्र संञ्चालन गर्न गराउँन समेत अनुरोध गरेको छ । कुनैपनि विवाह,जन्म संस्कार मृत्यु संस्कार, धार्मिक मठमन्दिरमा नगरी नहुने विभिन्न क्रियाकलाप गर्नुपरेमा २५ जनामा नवढाई गर्न गराउँन समेत आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved