मोसु कतारको अध्यक्षमा भिम बराइली निर्बाचित

  • प्रकाशित मितिः बैशाख १९, २०७८
  • सरोज बास्तोला
alt

कतार । “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ सन् २००१ मा कतारमा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हालको परिस्थिति लाई पालना गर्दै ‘’भर्चुअल” माध्यमबाटै भएपनि वैदेशिक रोजगारीका शिलशिलामा कतारमा वसोवास गरिरहेका मोरंगसुनसरीवासीको साझा संस्था मोसु कतारले वैशाख १८ गते १६ औ साधारणसभा सम्पन्न गरेको छ ।

179336910_163002262409379_1194229910558416999_n
मोरङसुनसरी संस्थामा आवद्ध युवाहरुलाई समाजमा अब्बल बनाउने उद्देश्यका साथ अयाोजना हुने मोसु कतारको नेतृत्वमा यस पटक सामाजिक अभियन्ता भिम बराइलीको हातमा पुगेको छ,। बराईलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

समितिका उपाध्यक्ष नेत्र कुमार भुजेल (नियम),उपाध्यक्ष लिलानाथ घिमिरे,सचिव भोला बस्नेत,कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल,सह–सचिव पर्शुराम बन्जारा,सह–सचिव अच्युत भट्टराई सह–कोषाध्यक्ष ः योजना शर्मा थापा,सह–कोषाध्यक्ष भरत श्रेष्ठ रहेका छन् । सदस्यहरुमा प्रेम बहादुर राई,बिरजंग थापा,सुनिता कोइराला अचार्य,सबिता दाहाल भट्टराई,गमला बस्नेत खतिवडा,पर्शुराम पोखरेल,गोबिन्द बिश्वकर्मा,जीवन याख्खा राई,मिना बिश्वकर्मा,मुना ढकाल ,सुजन ढकाल र छत्रवहादुर विश्वकर्मा रहेका छन् ।

मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि अध्यक्ष तामाङले मोसु प्रवास शाखाहरुले नेपाली समुदायमा बिभिन्न माध्यमबाट सामाजिक कार्यहरु गरेको देख्दा खुशी लागेको बताए । भविष्यमा पनि अझै मोसुको सामाजिक ऊंचाई कायम गर्न समाज र मातृभूमि प्रति थप योगदान दिन सफल हुने विश्वास,मोसु कतारका संस्थापक महासचिव चानक पोखरेलले बताए ।

मोसु कतारको यस कार्यक्रममा प्रवासमा रहेका सातै ओटा मोसु शाखाको उपस्थिति रहेकोमा मोसु प्रवास समन्वय समितिका संयोजक बिनोद भट्टराईले खुशी व्यक्त गर्दै केही देशहरुमा शाखा स्थापनाको पहल भईरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved