कोरोनाबाट विराटनगर महानगरका नगर प्रहरीको मृत्यु, अत्यावश्यक बाहेक सबै सेवा बन्द

  • प्रकाशित मितिः बैशाख १८, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ । विराटनगर महानगरपालिकाका एक नगर प्रहरीको कोरोना संक्रमणबाट मृत्यु भएपछि महानगरपालिकाले सवै सेवा बन्द गरेको छ ।

महानगरपालिकाका क्षेत्रमा तीव्र रुममा महामारी फैलिएको र महानगरपालिकाका कर्मचारीहरूलाई पनि संक्रमण भएका कारण अत्यावश्यक बाहेकका सबै सेवा वैशाख १९ गतेदेखि २५ गतेसम्मलाई बन्द गरिएको सूचना प्रकासित गरी जानकारी गराएको छ । महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको हो ।

विराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बैशाख १९ गतेदेखि महानगरपालिका र अन्तर्गतका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य, सरसफाइ, बारुण यन्त्र, एम्बुलेन्स र नगर प्रहरी बाहेक सबै सेवा बन्द हुने बताए ।

कोरोना संक्रमणकै कारण विराटनगर महानगरपालिकाका नगर प्रहरी सूर्यबहादुर घिमिरेको शनिबार विहान उपचारका क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved