बन्द भयो कोरोना बीमा सरकारले निर्णय गरे पुन सूरु हुने

  • प्रकाशित मितिः बैशाख १८, २०७८
  • उज्यालो प्रदेश
alt

कोरोना माहामारी बढ्नै गएपनि अब सरकारले कोरोना बीमा नै नगर्ने भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि एक वर्ष भएकाले नयाँ बीमालेख जारी नगर्ने समितिले जनाएको छ ।

दोस्रो चरणको बीमालेख असार मसान्तमा सकिदैछ । यो भदौ २८ गते पछि स्वास्थ्य बीमा अन्र्तगत गरिएको बीमालेख हो । जसमा २५ हजार र ७५ हजार रुपैयाँको बीमा रहेको छ । एउटा बीमा लेख चैत मसान्तमै सकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनले भने, ‘सरकारले नै एक वर्षको लागि बीमा भनेकाले सोको म्याद सकिएसँगै नयाँ जारी गरिनेछैन ।’ यद्यपि हालसम्म कोरोना संक्रमण भएर मागदाबी गर्नेहरु जसको प्रक्रिया पुरा भएको छ उनीहरुले भने भुक्तानी पाउने उनले बताए ।

कोरोना बीमा लघुबीमा निर्देशिका अन्र्तगत रहेर ल्याइएको बीमा लेख हो । यदि सरकारले नै बजेटमार्फत् आगामी वर्ष पनि कोरोना बीमाको लागि निर्देशन दियो भने सोही अनुसार आफुहरु अघि बढ्ने समितिले जनाएको छ । हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजारको कोरोना बीमा प्रमाणित भएको छ । १३ हजार ९ सय ६२ मागदाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरण पेन्डिङ रहेको छ ।

यता, सरकारले थप रकम नदिएको भन्दै बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ गरिरहेका छन् । कागजात पुरा भएपनि कोरोना बीमा पाउँन कम्पनीहरुले सास्ती दिने गरेको आरोप सर्वसाधारणले लगाउँदै आएका छन् ।

नेपाल इन्स्योरेन्सले त सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी बन्द गरेको सार्वजनिक सूचना नै निकालेको थियो । सरकार र कम्पनीहरूबीच १ अर्ब रुपैयाँसम्मको भुक्तानी बीमा कम्पनीले नै व्यहोर्ने सहमति भएको थियो र त्यो भन्दा माथिको १ अर्बको नेपाल रिइन्स्योरेन्स कम्पनीले व्यहोर्ने सहमति भएको थियो । त्यसपछिको ५० करोड रुपैयाँ बीमा समितिमा रहेको विपत्ति फण्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो । तर सरकारले सहमति अनुसार भुक्तानी नब्यहोरेको बीमा कम्पनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved