ओखलढुंगामा शक्तिशाली पाइप बम , सेनाद्वारा डिस्पोज

  • प्रकाशित मितिः बैशाख १७, २०७८
  • उज्यालो प्रदेश
alt

रासस। ओखलढुंगाः ओखलढुंगामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर–७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।

घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीचौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरीचौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एकथान र अन्य दुईथान शंकास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

जिल्लाबाट प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठको कमान्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुंगाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमान्डमा गएको नौजनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ ।

“निकै पुरानो बम रहेछ । सुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरंग दिने गरी पड्कियो । सायद, द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो,” प्रहरी निरीक्षक श्रेष्ठले भने, “यत्तिका दिनसम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरु पनि हुन सक्छन् ।

सतर्क रहन आवश्यक देखियो ।” कतै त्यस्तो शंकास्पद वस्तु देखेमा नचलाइ, नछोइ तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ । तत्कालीन माओवादीले द्वन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन । द्वन्द्वकाल अन्त्य भएको लामो समय भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन् । (रासस

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved