तराईका अधिकांस जिल्लामा कोरोनाको तिब्र संक्रमण

  • प्रकाशित मितिः बैशाख १७, २०७८
  • उज्यालो प्रदेश
alt

स्वास्थ्य मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो गरी फैलिरहेको बताएका हुन् ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न श्यया उपलब्ध गराउन नसकिने अवस्था आइसकेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालनामा सबै पक्षलाई आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ) नै उत्तम उपाय हुन् । कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन हुन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी छ।

मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणमा फैलिरहेको यो अवस्थामा सबैलाई संवेदनशील बनिदिन अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved