भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नजिक

  • प्रकाशित मितिः बैशाख १४, २०७८
  • उज्यालो प्रदेश
alt

कोरोना भाइरस सङ्क्रमणबाट भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाख नजिक पुगेको छ ।

केही समययता भारतमा दैनिक दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । तीन लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । एकै दिन दुई हजार सात सय ६४ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म ज्यान गुमाउनेको सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार आठ सय ८० पुगेको छ । भारतमा दैनिक अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमितले ज्यान गुमाइरहेका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार चार सय ३५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा फेला परेका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । सङ्क्रमित सङ्ख्या एक करोड ७६ लाख २५ हजार सात सय ३५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४५ लाख ४५ हजार तीन सय ४२ जनाको उपचार सम्भव भएको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकापछि भारत दोस्रो नम्बरमा रहेको रहेको छ ।सङ्क्रमित सङ्ख्या तीन करोड २८ लाख ६७ हजार सात सय आठ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ६६ हजार पाँच सय १९ जना उपचारपछि निको भएका छन् । ६८ लाख १४ हजार छ सय १२ जनाको उपचार जारी रहेकोमा नौ हजार आठ सय ८२ जनाको अवस्था गम्भीर छ । अमेरिकामा केही दिनयता दैनिक थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved