पाच दिने लागुऔषध विरुद्धको परामर्श कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः बैशाख १२, २०७८
  • उज्यालो प्रदेश
alt

पहिलो उडान संस्थाले आयोजना गरेको ५ दिने लागु औषध दुर्व्यसनीविरुद्धको विध्यालय स्तरीय सचेतनामुलक परामर्श कार्यक्रम आईतबार सम्पन्न भएको छ । सुन्दरहरैचा नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा सुन्दरहरैचा भित्रका दश वटा माध्यमिक विध्यालयका कक्षा ८, ९, र १० का झण्डै ६ सय विध्यार्थिहरु सहभागि भएका थिए ।Screenshot (22) 5
Screenshot (26) सुन्दरहरैचा नगरपालिकामा पर्ने सुकुना मावि, महेन्द्र मावि , ज्योति मावि, श्री मावि, श्रीखण्ड मावि, पञ्चायत मावि, साजिलाल मावि, जनता मावि पचाम, शिक्षा निकेतन मावि र जनता मावि बुधबारे गरी जम्मा १० ओटा विध्यालयमा कार्यक्रम गरीएको थियो । लागु औषध सम्बन्धि यस्ता कार्यक्रम अहिलेको आवश्यकता बनेको विध्यालयका शिक्षकहरु बताउछन् । अधिकांश विध्यार्थीहरुले विध्यालयमैे पनि लागु औषधको प्रयोग गर्ने गरेको पाईएको छ ।Screenshot (23) 1
यो कार्यक्रमले यस दुर्व्यसनीमा फस्न सक्ने उमेर समुहका विध्यार्थीलाई केहि हदसम्म सचेत गरेको र यस्ता कार्यक्रमहरुमा नगरपालिकाले सधै सहयोग गर्ने सुन्दरहरैचा नगरपालिकाकी उप प्रमुख धना तामाङको भनाई छ ।177795745_914435389410018_6705466048781690706_n
अहिलेको अवस्थामा यस कार्यक्रम निकै नै प्रभावकारी रहेको र अझैपनि यस्ता कार्यक्रमहरुमा सबैको ध्यान जान सके धेरै युवाहरुलाई कुलतबाट टाढा राख्न सकिने आयोजकको ठम्याई छ । समापन कार्यक्रममा महिला सञ्जालकि शर्मिला लुङगेली, नारी विकास सघं बेलबारी शाखाकी रीता कोईराला लगायतको उपस्थीति रहेको थियो ।178017938_502429424221531_7443805498285258043_n
कार्यक्रममा प्रशिक्षकको रुपमा नार्कोनन नेपालका विशाल भट्टराई लगायत प्रकाश राई र सन्दिप राई रहेका थिए ।
174788189_175681414308800_5710060004457851635_n

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved