आयोजक सुन्दरहरैचा मेयरकपको सेमिफाइनलमा

  • प्रकाशित मितिः बैशाख १०, २०७८
  • उज्यालो प्रदेश
alt

प्रथम सुन्दरहरैचा मेयरकपको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा रंगेली नगरपालिकाको फुटबल टिमलाई हराउँदै आयोजक सुन्दरहरैचा सेमिफाइनलमा पुगेको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा सम्पन्न भएको खेलमा रंगेली नगरपालिकालाई ० का बिरुद्ध ३ गोल गर्दै सुन्दरहरैचाले अन्तिम चारमा स्थान बनाएको हो ।

सुन्दरहरैचाका कोमल खवास, बिरेन्द्र लिम्बु र प्रशान्त राईले गोल गरेका हुन ।जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।यस अघि भएका खेलमा बिजयी हुदै लेटाङ, पथरी र उर्लाबारीले सेमिफाइनलमा स्थान बनाइसकेका छन । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा पथरी नगरपालिका र लेटाङ नगरपालिका भिड्ने छन ।

प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ ।सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।खेलको प्रत्यक्ष प्रसारण हरेक दिन उज्यालो प्रदेश अनलाइनले गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved