मोरङको केराबारीमा शिकार खेल्न गएका एक शिकारी आफै बन्दुकको शिकार भए

  • प्रकाशित मितिः बैशाख ९, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी ।मोरङको केराबारी गाउँपालिका–३ मा एकजना पुरुषको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ ।
वन्यजन्तुको सिकार खेल्न बाघदले जंगलमा साथीहरू गएका ३२ वर्षीय हस्त राई आफैले वोकेको बन्दुक पड्किदा वुधबार राती उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका मृतक राइको साथमा ३५ वर्षिय गजेन्द्र राई र ३३ वर्षिय रुविन लिम्बू सँग जङ्गलमा पुगेका थिए । घट्ना कसरी घट्यो भन्ने विषमा अझै अनुसन्धान गर्न बाकी रहेकोले त्यसपछि वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।

शिकार खेल्न गएका तीन मध्ये एकजनाको मृत्यु भएपछि गजेन्द्र र रुविन विहिबार प्रहरी कार्यालयमा आफै आएर जानकारी गराए पछि मात्रै घटना बाहिरिएको हो ।घट्नास्थलबाट एकथान भरुवा बन्दुक फेला परेको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved